खेल

ए डिभिजन लिग : जावलाखेलले फ्रेन्ड्सलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।आज  च्यासल मैदानमा भएको भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४–१ गोल अन्तरले हराएको हो।

फ्रेन्ड्समाथि शानदार जित सहित जावलाखेल लिग तालिकाको शीर्ष स्थानमा उक्लीएको छ। जावलाखेल १७ खेलबाट ३० अंक सहितशीर्ष स्थानमा रहेको हो। 

३० अंक नै बटुलेको  चर्च व्वाईजलाई गोल अन्तरमा पछि पार्दै जावलाखेल  लिग तालिकाको शीर्ष स्थानमा उक्लीएको हो।पराजित फ्रेन्ड्स १९ अंक सहित तालिकाको ११ औं स्थानमा यथावत छ।  

प्रकाशित: २८ वैशाख २०८० १४:१६ बिहीबार

जावलाखेलले फ्रेन्ड्सलाई हरायो