खेल

वादोरियो कराते टोली मलेसिया जाने

१९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दै छ।

मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार शाह, प्रशेस शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का तथा ३५ केजीमा रिदेश बस्यालले प्रतिस्पर्धा गर्ने छन्।

महिला २५ केजीमा प्रसिद्धि शर्मा, ४० केजीमा समिक्षा सार्की, ४५ केजीमा वैश्नवी वर्मा र ५० केजीमा आकृती कँडेलले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य अन्जन धमला, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: २६ वैशाख २०८० १५:०३ मंगलबार