खेल

ए डिभिजन लिग : संकटाले सातदोबाटोलाई हरायो

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ।च्यासल मैदानमाआज दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो।

संकटाको जितमा दुबै गोल विदेशी खेलाडी युसेफ एट्रिसले गरेका हुन ।जितसँगै १६ खेलमा २० अंक जोडेको संकटा अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ।१६ खेलमा २३ अंक रहेको सातदोबाटो पाँचौं स्थानमा छ।

प्रकाशित: २६ वैशाख २०८० १३:५५ मंगलबार

शहिद स्मारक ‘ए’ डिभिजन लिग संकटाले सातदोबाटोलाई हरायो