खेल

मानसिंह डोजोलाई उपाधि

मानसिंह डोजोले आइतबार प्रथम टोखा मेयर कप कराते प्रतियोगिताको उपाधि जितेको छ। ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै मानसिंह टिम च्याम्पियन बन्यो। भृकुटी डोजो ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ दोस्रो भयो। तेस्रो स्थानको वादोरियोले ४ स्वर्ण, १ रजत र १ कांस्य हात पार्यो।  

पुरुषमा गोंगबुका आयुश राई तथा महिलामा मनमैजुकी प्रतीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए। पुरुषमा भृकुटीका आयुश अधिकारी तथा महिलामा निर्मल वाटिकाकी निमिशा लामा उदीयमान खेलाडी चुनिए। मनमैजु अनुशासित टिम ठहरियो। विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: २५ वैशाख २०८० ०१:३७ सोमबार

मानसिंह डोजोलाई उपाधि