खेल

भारोत्तोलन टोली कोरिया जाँदै

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ।  

मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा सागर भाण्डारीले पुरुष १ सय ९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। पेरिस ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त सागर १३औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन्। प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रूपमा समेत रहेको छ। प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन्। सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: २५ वैशाख २०८० ०१:३२ सोमबार

भारोत्तोलन टोली कोरिया जाँदै