खेल

रियल म्याड्रिडले जित्यो कोपा डेल रे उपाधी

रियल म्याड्रिडले ९ वर्षपछि स्पेनिस कोपा डेल रेको उपाधी जितेको छ।

गएराती राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियलले सन् २०१४ पछि कोपा डेल रे उपाधी जितेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक उपाधी जित्न सफल भएको छ।

रियललाई उपाधि जिताउन ब्राजिली युवा विंगर रोड्रिगोले दुवै गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए।

प्रकाशित: २४ वैशाख २०८० ०४:१६ आइतबार

रियल म्याड्रिड कोपा डेल रे उपाधी ओसासुना रोड्रिगो