खेल

ए डिभिजन लिगः आज दुई खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन्।लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आईतवार दुई खेलहरु हुनेछन्।

दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन्। जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मच्छिन्द्र फुटबल क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । 

प्रकाशित: २४ वैशाख २०८० ०४:०६ आइतबार

ए डिभिजन लिगः