खेल

आयुश र विना सर्वोत्कृष्ट

भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि तौलसमूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गरे। यो स्पर्धामा तोयोकान वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले कांस्य जिते।

महिलातर्फ विनुले २५ केजीमूनि तौलसमूहको फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जितिन्। तोयोकान नेपाल वादोरियोकी अनिस्या केसी र भृकुटी डोजोकी प्रसन्ध्या कार्कीले कांस्य जिते।

प्रतियोगितामा भृकुटी डोजो टिम च्याम्पियनसमेत बनेको छ। उसले ७ स्वर्ण, २ रजत र ७ कांस्य जित्यो।

च्याम्पियन मार्शल आर्टले ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित दोस्रो हुँदा ३ स्वर्ण र २ कांस्य जितेको थैव डोजो तेस्रो भयो।

काठमाडौको मनासलु वल्र्ड स्कुलमा आयोजित प्रतियोगितामा ३० डोजो र केहि जिल्लासमेत गरी ३६५ खेलाडीको सहभागिता थियो। महिला र पुरुष दुवै विधामा ८ तौलसमूह, खुला र काता गरी १०–१० स्वर्णका लागि प्रतिस्पर्धा भएको हो।

काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल गोजुरियो कराते संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ २५ केजीमूनि तौलसमूहमा भृकुटी डोजोका आयुश अधिकारी, ३० केजीमूनि तौलसमूहमा भृकुटीकै अरुश सिंखडा, ३५ केजीमूनि तौलसमूहमा थैवका आशिष तामाङ, ४० केजीमूनि तौलसमूहमा भृकुटीकै आयुश थापाले स्वर्ण जिते।

त्यस्तै ४५ केजीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टका दिवश ढकाल, ५० केजीमूनि तौलसमूहमा वालवालिका डोजोका बुद्ध मोक्तान, ५५ केजीमूनि तौलसमूहमा भृकुटी डोजोका निशान घले र ६० केजीमूनि तौलसमूहमा नेपाल हायासी हा का लिजन साउदले स्वर्ण पदक जिते।

पुरुषकै खुलातर्फ च्याम्पियन मार्शल आर्टका राजीव खड्काले आफ्नै डोजोका अनिल बरामलाई पराजित गरी स्वर्ण  जिते। वालवालिका डोजोका अमिर श्रेष्ठ र सरस्वती दोजोका आशिष सेन्चुरीले कांस्य जिते।

कातातर्फ थैव डोजोका अन्जन एस्माली मगरले स्वर्ण पदक जिते। मनासलु वर्ल्ड स्कुलका राजन खत्रीले रजत तथा भृकुटी डोजोका वाङचुक शेर्पा र नेपाल हायासी हा का कृष्ण ऐडीले कांस्य जिते।

महिलातर्फ २५ केजीमूनि तौलसमूहमा अरनिकनो स्कुलकी विना तामाङ, ३० केजीमूनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगर, ३५ केजीमूनि तौलसमूहमा भृकुटी डोजोकी एलिशा गुरुङ, ४० केजीमूनि तौलसमूहमा वालवालिका डोजोकी सुनिता तामाङले स्वर्ण पदक जितिन्।

४५ केजीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टकी काजल विष्ट, ५० केजीमूनि तौलसमूहमा सरस्वती डोजोकी शर्मिला वाइबा, ५५ केजीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ र ६० केजीमा भृकुटी डोजोकी सन्ध्या खनालले स्वर्ण पदक जिते।

खुलातर्फ वालवालिका डोजोकी आरती राइले फाइनलमा कालिका सदनकी सविना तामाङलाई हराएर स्वर्ण जितिन्। कातातर्फ भृकुटी डोजोकी सुनिता तामाङले स्वर्ण जित्दा नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत जितिन्। नागादेस डोजोकी मिस्टी श्रेष्ठ र नेपाल हायनसी हा की पूर्णिमा रानामगरले कांस्य जिते।

विजयी खेलाडी तथा टिमलाई काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: २३ वैशाख २०८० १३:५३ शनिबार

प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिप