खेल

३३ वर्षपछि नापोलीले जित्यो सिरी ए को उपाधि

नापोलीले ३३ वर्षमा पहिलो पटक इटालिएन सिरी ए उपाधि जितेको छ। डिनेससँग १–१ गोलको बराबरी खेल्दै नेपोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो।

यसअघि उसले डिएगो म्याराडोनाको समयमा १९८९ र १९९० मा यो उपाधि जितेको थियो। डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले अग्रता लिएको थियो। ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएर टोलीलाई च्याम्पियन बनाए। बराबरी गोल फर्काउँदै नापोलीले उपाधि जित्न सफल भयो ।

प्रकाशित: २२ वैशाख २०८० ०३:४१ शुक्रबार

नापोलीले ३३ वर्षपछि जित्यो सिरी ए को उपाधि