खेल

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुदमन्त्री लिम्बू

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताएका छन्।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताए।

उनले आम नागरिकहरुले देख्नेगरी काम गर्ने बताए। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि उनले आग्रह गरे। उनले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महशुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु। सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु। केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरुले देखाइरहनुभएको छ। म १८ घण्टाको समय दिएर काम गर्नेछु।’

खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए।  

प्रकाशित: २१ वैशाख २०८० ११:१२ बिहीबार

डिगबहादुर लिम्बू