खेल

सेमिफाइनलमा भारत र चीनका खेलाडी

काठमाडौं- नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा भारतीय खेलाडीमात्र पुगेका छन्। बिहीबार सातदोबाटो स्थित लन टेनिस कोर्टमा भएको क्वार्टरफाइलनमा भारतका अथर्व शर्मा, मृत्युञ्जय बदोला, पियुश एक सलेकर र कविर मनराईले विजय हासिल गरे। अथर्वले चीनका पेङगु लुलाई ६–३, ६–१ ले पराजित गर्दा मृत्युञ्जयले आफ्नै देशका दिपिन वाधवालाई ६–०, ४–६, ६–२, पियुशले पोल्यान्डका माइकल वोज्नलकलाई ६–१, ७–५ तथो कविरले भारतै इशान सेटीलाई ३–६, ६–३, ६–१ ले पराजित गरे।

महिला एकलको सेमिफाइनलमा भारत र चीनका २/२ खेलाडी पुगेका छन्। चीनकी युजिया चेले थाइल्यान्डका पुननिन कोभापिटुकटेडलाई ३–६, ६–२, ७–६(८) को सेटमा हराउदाँ मिङक्विओ याङले भारतकी शरन्य गावरेलाई ६–१, ६–३ को सेटमा पराजित गरिन्। भारतकी शिवानीस्वरुप इङलेले जापनकी मियो कोजाकीलाई ६–४, ६–१ तथा बैदेही चौधरीले चीनकी जिङ याङलाई ३–६, ६–१, ६–० को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरे। 

प्रकाशित: २८ माघ २०७३ ०४:१६ शुक्रबार

सेमिफाइनलमा भारत चीनका खेलाडी