खेल

शेर्पालाई हराउँदै आर्मी सिमरा गाेल्डकपकाे फाइनलमा

बललाई अगाडी बढाउँदै आर्मीका खेलाडी भरत खवास (हरियो जर्सीमा)

बारा– खेलाडीहरुको राम्रो प्रदर्शनले गर्दा हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो ।

जितसँगै फाइनलमा प्रवेश गरेको आर्मीले अब उपाधि भिडन्तका लागि शनिवार सिएमजी संकटा क्लबसँग खेल्नेछ । साविक बिजेता विजय युथ क्लबलाई पराजित गर्दैै संकटा बुधबार फाइनलमा प्रवेश गरेको थियो।

खेलको ४२ औं मिनेटमा आर्मीका पदम तामाङले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किने क्रममा शेर्पाका मानबहादुर गुरुङको छातीमा लागेर जाली चुमेको थियो।

आफ्नै खेलाडीबाट शेर्पाबाट भएको एक अन्तरघाटी गोलले टिमलाई पराजित पु¥याएको छ ।

शेर्पाको तुलनामा निकै उत्कृष्ट खेल प्रस्तुत गरेको आर्मी निकै हाबी देखियो । सुरुदेखि नै शेर्पालाई दवावमा राखेको आर्मीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर खेर फाल्यो। आर्मीका भरत खवास र नवयुग श्रेष्ठले थुप्रै अवसर खेर फाल्दा खेलमा अग्रता लिन ४२ मिनेट सम्म पर्खनुप¥यो।

शेर्पाको आत्मघाती गोल सँगै अग्रता लिएको आर्मीले त्यसपछि पनि थुप्रै अवसर चुकायो । खेलको ४५ मिनेटमा नवयुग श्रेष्ठले मिलाएको पासलाई भरतले सदुपयोग गर्न सकेनन् । दवावमा देखिएको शेर्पाले पहिलो हाफको ईन्जुरी समयमा बराबरी गोल फर्कायो ।

चार मिनेट थपिएको ईन्जुरी समयमा शेर्पाका हेमन गुरुङले झण्डै २५ यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । गुरुङको उत्कृष्ट गोलसँगै खेलमा फर्किएको शेर्पाले दोस्रो हाफमा पनि निकै दवावको सामना ग¥यो ।

खेलको ५७ मिनेटमा आर्मीका टंक बस्नेतले उत्कृष्ट गोल गरे । आर्मीका रक्षापंक्तीबाट रिबाउण्ड भएर आएको बललाई प्रहार गर्दै टंकले गोल गरेका हुन् । आर्मीको लगातारको प्रयास रोक्न हम्मेहम्मे परेको शेर्पाको दोस्रो हाफमा खासै अवसर बनाउन सकेन ।

खेलको ६९ मिनेट  भरत खवासले प्रहार गरेको बल पोष्टमा लागेर फर्किदा आर्मीले अग्रता बढाउन नसक्दा २–१को जित हात पा¥यो ।

शेर्पाका प्रशिक्षक बिकाश मानन्धरले आर्मीविरुद्ध आफ्नो टिमले उत्कृष्ट खेल पस्कन नसकेको बताए । बिभागिट टिमविरुद्ध आफ्नो खेलाडीको फिटनेशमा कमजोरी देखिएको मानन्धरको भनाई थियो ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले फिनिसिङ पक्ष कमजोर देखिँदा फराकिलो जित हात पार्न नसकेको बताए । टिमको प्रदर्शन उत्कृष्ट रहेपनि फिनिसिङमा खेलाडी धेरै चुकेको न्यौपानेले बताए ।

बिहीबारको खेलको म्यान अफ दि म्या शेर्पाका गोलरक्षक किशोर गिरि घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे ।

 

प्रकाशित: २७ माघ २०७३ १२:५६ बिहीबार

शेर्पालाई हराउँदै आर्मी सिमरा गाेल्डकपकाे फाइनलमा