खेल

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित १ रनमा आउट

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब लय कायमै राखेको छ। नेपालको ८.१ ओभरभित्रै नेपालले ३ विकेट गुमाएको छ। कप्तान रोहित पौडेल १ रनमै आउट भए। उनलाई रोहन मुस्ताफाले शिकार बनाए। त्यस्तै दोस्रो विकेटमा नेपालले आशिफ शेखलाई मात्र ८ रनमा गुमायो।  उनलाई आयन अफजलले एलबिडब्लुको शिकार बनाए।  

त्यसअघि कुशल भुर्तेल १ रन बनाएर आउट भए। उनलाई दोस्रो ओभरमा नै रोहन मुस्तफाको शिकार बनाए। ताजा अवस्थामा नेपाल ३ विकेटको क्षतिमा २२ बनाएर खेलिरहेको छ। पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

प्रकाशित: १९ वैशाख २०८० ०४:२८ मंगलबार

नेपाललाई तेस्रो झट्का कप्तान रोहित १ रनमा आउट