खेल

आज खेल हुन नसके भोलि २७.३ ओभरबाटै सुरु हुने

एसीसी प्रिमियर कप अन्तर्गत आजको फाइनल खेल वर्षाले अवरुद्ध भएको छ। पहिलो इनिङको २७ दशमलव ३ ओभर खेलेपछि आजको खेल वर्षाको कारण अवरुद्ध भयो। त्रिवि क्रिकेट मैदानमा वर्षा नरोकिएपछि आजकाे खेल पुनः सुचारु हुने अवस्थामा छैन। अब के हुन्छ त? सबैको चासोको विषय बनेको छ।  

क्रिकेटको नियम अनुसार आजको खेल अवरुद्ध भएमा र सुपर ओभर पनि खेल्ने अवस्था नरहेमा रिजर्भ डे (भोलि मंगलबार)सम्मको लागि खेल स्थगित हुने छ। भोलि पुनः आजकै अवस्थाबाट खेल सुरु हुने छ। अर्थात्, २७ दशमलव ३ ओभरबाट खेल सुरु हुनेछ। बलिङमा ललित राजबंशी आउने छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन्।

भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन्। यसलाई आधार मान्दा नेपाल स्वतः प्रतियोगिताको च्याम्पियन बन्दै भने एसिया कपमा छनोट हुनेछ।

प्रकाशित: १८ वैशाख २०८० ०८:४४ सोमबार