खेल

चन्दुलाई तेक्वान्दोमा स्वर्ण

नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन्।

अस्ट्रेलियाको गोल्डकोस्टस्थित करारा रंगशाला भएको महिला ३० वर्षमुनि एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन्। विभिन्न ६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन्। ६.२५ अंकका साथ अस्ट्रेलियाका खेलाडी दोस्रो तथा ६.१० अंकका साथ न्युजिल्यान्डका खेलाडी तेस्रो भए।

प्रकाशित: १८ वैशाख २०८० ०१:२९ सोमबार

गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चन्दुलाई तेक्वान्दोमा स्वर्ण