खेल

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल छनोट भएको छ। एसिसी प्रिमियर कपमा नेपालले फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भएको हो। 

नेपाल र युएईले फाइनलमा स्थान बनाउँदै इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका हुन। भोलि कुवेत र ओमानबीच तेस्रो स्थानको विजेता टोलीले पनि इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका यू २३ टोलीसँगै प्रिमियर कपका शीर्ष तीन टोली हुनेछन्।

सोमबार नेपाल र युएईबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ। 

प्रकाशित: १६ वैशाख २०८० १३:०० शनिबार

एसिसी इमर्जिङ टिम्स एसिया कप नेपाल छनोट