खेल

नेपालको साताैं विकेट पतन

एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविद्धकाे खेलमा नेपालको सातौं विकेट पनि पतन भएको छ। नेपालले पाँच रन जोड्दा तीन विकेट गुमाएको हो। आरिफ शेखलाई १९ रन, दिपेन्द्रसिंह ऐरीलाई शुन्य र सन्दिप लामिछानेलाई ५ रनमा गुमायो। तीन विकेट गुमाउँदा नेपालले मात्र पाँच रन जोडेको छ।

ताजा अवस्थामा नेपाल ७ विकेटको क्षतिमा २३७ रन बनाएर ३७ औं भरमा खेलिरहेको छ।  अहिले क्रिजमा कप्तान राेहित पाैडेल र साेमपाल कामी रहेका छन्।

प्रकाशित: १६ वैशाख २०८० ०८:२१ शनिबार

सन्दिप लामिछाने विकेट पतन दिपेन्द्रसिंह ऐरी आरिफ शेख