खेल

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल

तस्वीर साैजन्यः क्यान

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले वर्षा भइरहेको छ।  

नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ताजा अवस्थामा रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।  

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। दुबैलाई कुवेतका अदनन् इद्रिसले शिकार बनाए भने भीम सार्कीले एक रन मात्र जोड्दा मोहम्मद अस्लमले आउट गरे।  वर्षा रोकिएर खेल सुचारु हुने आशमा दर्शकहरु कुरिरहेका छन्।

प्रकाशित: १६ वैशाख २०८० ०५:३१ शनिबार

एसिसी प्रिमियर कप वर्षाका कारण रोकियो