खेल

टस हारेर नेपालले पायो ब्याटिङको निम्तो, गुलशन झा बेन्चमा

नेपालले एसिसी प्रिमियर कप

तस्वीर साैजन्यः क्यान

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाललाई ब्याटिङको निम्तो आएको हो।  

खेल टियु क्रिकेट मैदानमा हुँदै छ। घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन्। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग १ सय ४३ रन फराकिलो अन्तरले हारेको थियो। अाजकाे खेलमा नेपालले गुलशन झालाइ बेन्चमा राखेर करण केसीलाइ मैदानमा उतारेकाे छ।

नेपालको प्लेइङ ११ः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

प्रकाशित: १६ वैशाख २०८० ०३:०७ शनिबार

टस हारेर पायो ब्याटिङको निम्तो नेपालले एसिसी प्रिमियर कप