खेल

ब्याडमिन्टनमा आर्मीको दबदबा

काठमाडौं- साबिक विजेता नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङले १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधि जितेका छन्। बिहीबार हल्चोकमा त्रिभुवन आर्मी क्लबका रत्नजितले आफ्नै क्लबका नवीन श्रेष्ठलाई २१–१७, २१–९ को सेटमा हराएर उपाधि रक्षा गरेका थिए।

यसैगरी महिला एकलको फाइनलमा पनि आर्मीकै खेलाडीले सफलता हासिल गरिन। रत्नजितकी दिदी नङसलदेवीले आयोजक एपिएफ क्लबकी शिक्षा श्रेष्ठलाई २१–१७, २१–१७ ले हराउँदै उपाधिमा कव्जा जमाइन।

पुरुष युगलमा रत्नजित र नवीनको जोडीले एपिएफका विजित थापामगर र विशाल प्रधानको जोडीलाई २१–१८, २१–१४ ले हराउँदै उपाधिमा कव्जा जमायो।

पुरुष एकलान उपाधि जितेका रत्नजितले ६० हजार तथा महिलातर्फकी विजेता नङसलदेवीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाए। यसैगरी पुरुष युगलमा पहिलो हुने सैनीक जोडीले २५ हजार रुपैयाँ पायो। 

प्रकाशित: २१ माघ २०७३ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App