एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारको दोस्रो विकेट लिएको छ। साेमपाल कामीले कतारका इमाल लियानेज विकेट लिए। उनी ६ रन बनाएर खेलिरहेका थिए।
त्यसअघि नेपालका ललित राजबंशीले कतारका कमरान खानलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। उनी ८ रन बनाएर खेलिरहेका थिए। अहिले कतार ३१ रन बनाएर २ विकेट गुमाएर खेलिरहेको छ।
नेपालले कतारलाइ मात्र १५८ को टार्गेट दिएको छ।
प्रकाशित: १४ वैशाख २०८० ०७:५२ बिहीबार