खेल

स्पोर्टस अवार्डः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन्। अघिल्लो संस्करणमा  कोरोनाकै कारण उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।  

यो वर्ष टेल्जी नेपालसँग सम्झौता भएपछि उत्कृष्ट खेलाडीद्वयलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। मञ्च र टेल्जी नेपाल बीचको सम्झौता यो दोस्रो पटक हो। अवार्ड कार्यक्रमलाई गतवर्ष टेल्ज नेपालले मञ्चसँग सहकार्य शुरु गरेको हो।  

उत्कृष्ट खेलाडीले टेल्जी(टाईगर) इलेक्टिक स्कुटर प्राप्त गर्ने मञ्चले जनाएको छ। टेल्जी नेपालका कम्पनी निर्देशक सञ्जीव सिल्पकार र मञ्चका अध्यक्ष दीननाथ बराल बीच अवार्डमा टेल्जि इलेक्टिक स्कुटर प्रदान गर्ने गरी सहमति भएको छ। बजार मुल्य २ लाख १७ हजार रुपैयाँ मुल्य बराबरको उक्त स्कुटरमा कम्पनीले मञ्चलाई बिशेष छुटमा उपलब्ध गराएको बरालले बताए।  

निर्देशक सिल्पकारले कोभिड १९ को असर बजारमा अझै परेकोले आफुहरुले चाहेर पनि उक्त पुरस्कार शतप्रतिशत प्रायोजन गर्न नसकेको गुनासो गरे। सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिसकिएको छ। मञ्चले प्रदान गर्ने कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने महासचिव राजाराम पौडेलले जनाए। 

प्रकाशित: १४ वैशाख २०८० ०७:३४ बिहीबार

सातौं पोखरा स्पोर्टस अवार्ड इलेक्ट्रिक स्कुटर