खेल

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ अर्को पेसीमा हुने

फाइल तस्बिर।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा पुनः अर्को पेसीमा सुनुवाइ हुने भएको छ।

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दीपक ढकालले सुनुवाइ गरे। न्यायाधीश ढकालले सो मुद्दा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन्।

पुन: फेरि अर्को सुनुवाइ गर्ने गरी सोमबारको बहस सकिएको हो। २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। 

प्रकाशित: ११ वैशाख २०८० १२:३० सोमबार

सन्दीप लामिछाने