खेल

पहिलो ट्वान्टी-२० मा इङल्यान्डको जित

कानपुर- कप्तान इयान मोर्गानको अर्धशतकप्रेरित इङ्ल्यान्डले बिहीबार पहिलो ट्वान्टी–२० क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको। मोर्गानले ३८ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै ५१ रन बनाए पछि भारतले दिएको १ सय ४८ रनको लक्ष्य इङ्ल्यान्डले ११ बलअघि ३ विकेट गुमाएर पुरा गरेको थियो। भ्रमणकारी टोलीको जितमा जोए रूटले अविजत ४६ रनको योगदान गरे। त्यस्तै ओपनर जसोन रोएले १९ र साम विलिङले २२ रन बनाए। रोए र विलिङलाई युभेन्द्र चाहलले बोल्ड गरेका थिए भने मोर्गान पर्भेज रसुलको बलमा सुरेश रैनाको हातबाट क्याच भएका थिए।

त्यसअघि कानपुर स्थित ग्रिन पार्क रंगशालामा टस हारेर ब्याटिङ निम्त्याइएको भारतले निर्धारित ७ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो। भारतका लागि महेन्द्रसिंह धोनीले सबैभन्दा धेरै ३६ रन बनाए। रैनाले ३४ रन बनाउँदा ओपनिङमा आएका कप्तान विराट कोहलीले २९ रन जोडे। युभराज सिंह १२ रनमा पवेलियन फर्किए।

इङ्ल्यान्डका मोइन अलीले २ विकेट लिए। बेन स्टोक्स्, लियम प्लङकेट, क्रिस जोर्डन र टेमल मिल्सको नाममा १/१ विकेट रह्यो। 

प्रकाशित: १४ माघ २०७३ ०४:०० शुक्रबार

पहिलो ट्वान्टी-२० इङल्यान्डको जित