खेल

सन्दीप लामिछाने विरुद्धको मुद्दा फैसलाको पेसी आज

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान  सन्दीप लामिछाने विरुद्धको  मुद्दा फैसलाका लागि आज पेसी रहेको छ।  

सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (सोमबार) का लागि पेसी तोकिएको हो।  

यसअघि गत बुधबार सन्दीप विरुद्ध जाहेरी दिने किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको  बकपत्र गराइसकिएको छ। यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने बताईएको छ। 

यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए। यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो।  

प्रकाशित: ११ वैशाख २०८० ०३:१० सोमबार

मुद्दा फैसला सन्दीप लामिछाने