खेल

ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।आज एक दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लव र थ्री स्टार क्लवबीच खेल हुनेछ। 

संकटा र थ्री स्टारबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । च्यासल मैदानमा हिमालयन शेर्पा क्लव र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच खेल हुनेछ । हिमालयन र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । 

प्रकाशित: १० वैशाख २०८० ०३:४३ आइतबार

ए डिभिजन लिग