खेल

ए डिभिजन लिग : खुमलटारले मनाङलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले मनाङ मर्स्याङ्दी क्लब लाई हराएको छ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एफसी खुमलटारले   मनाङलाई  २-१ गोल अन्तरले हराएको हो।

खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे। मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए।यो जितसंगै खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ।

खुमलटार ११ औं स्थानमा उक्लिएको छ।मनाङको यो लगातार चौंथो हार हो। मनाङले ११ खेलमा १५ अंक जोडेको छ।मनाङ आठौं स्थानमा रहेको छ।

प्रकाशित: ९ वैशाख २०८० १३:५४ शनिबार

ए डिभिजन लिग मनाङ मर्स्याङ्दी क्लब एफसी खुमलटार