खेल

नेपालले टस हारेर पायो ब्याटिङको निम्तो

नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ।  

नेपालले एसीसी प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन्। नेपालको यो ५० औं ओडिआई खेल समेत हो । नेपालले यसअघिको खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो। दुबै टिम कपको प्रमुख दाबेदार हुन्।

प्रकाशित: ८ वैशाख २०८० ०३:०१ शुक्रबार

एसिसी प्रिमियर कपमा विजयी सुरुआत टस हारेर ब्याटिङ गर्ने निम्तो