नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।
प्रोफेसनल खेलाडी सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुवास लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन्। सुवासको यो करियरको चौथो प्रोफेसनल उपाधि हो। डिफेन्डिङ च्याम्पियन सुवासले अन्तिम दिन ३ अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १३ अन्डर २ सय ७५ को स्कोर बनाएका थिए।
नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।
१ अन्डर ७१ सहित समग्रमा ९ अन्डर २ सय ७९ को स्कोरमा सञ्जय प्रोफेसनलतर्फ पहिलो भए। समग्रमा भने उनी दोस्रो भए। उनले एक लाख चालीस हजार प्राप्त गरे।
समग्रमा ४ अन्डर २ सय ८४ को स्कोरमा नीरज तामाङ र जयराम श्रेष्ठले सम्युक्त रूपमा प्रोफेसनल तर्फ दोस्रो स्थान बाँडे। उनीहरूले जनही ७८ हजार ५ सय रूपैयाँ पुरस्कार थापे।
उता समग्रमा २ अन्डर २ सय ६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्त चौथो स्थानमा प्रतियोगिताको बिट मारे।
समग्रमा ४ अन्डर २ सय ८४ को स्कोरमा नीरज तामाङ र जयराम श्रेष्ठले सम्युक्त रूपमा प्रोफेसनलतर्फ दोस्रो स्थान बाँडे। उनीहरूले जनही ७८ हजार ५ सय रूपैयाँ पुरस्कार थापे।
रवि खड्काले समग्रमा इभन पार २ सय ८८ सहित छैटौं भएर ४० हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दा कमल तामाङ र तोरणविक्रम शाही संयुक्त रूपमा सातौं स्थानमा रहे। तोरणले इभन पार ७२ र कमलले ३ ओभर ७५ को स्कोरमा समग्रमा ४ ओभर २ सय ९२ को स्कोरमा खेल समाप्त गर्दै नगद ३५ हजार ५ सय रूपैयाँ प्राप्त गरे।
धरानका बलभद्र राई नवौं हुँदै ३२ हजार रूपैयाँ हात पार्दा पोखराका प्रोफेसनल गल्फर भूबहादुर गुरुङ १०औं भए। उनले ३० हजार रूपैयाँ प्राप्त गरे। प्रोफेसनल र एमरच्योर दुवैतर्फको उपाधि सुवासले जित्दा युवा गल्फर सद्भाव आचार्य एमरच्योरतर्फ दोस्रो र टासी छिरिङ तेस्रो भए।
रवि खड्काले समग्रमा इभन पार २ सय ८८ सहित छैटौं भएर ४० हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दा कमल तामाङ र तोरणविक्रम शाही संयुक्त रूपमा सातौं स्थानमा रहे।
कुल ८ लाख नगद पुरस्कार राशिको ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र सिनियर महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित: ८ वैशाख २०८० ०३:०० शुक्रबार