खेल

ए डिभिजन लिग : मछिन्द्रलाई एपिएफले हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई विभागीय टोली एपिएफ फुटबल क्लबले हराएको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपिएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो।

एपिएफलाई जिताउन अर्मान्डले ३९औं मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो ।  

यो जितसँगै एपिएफ १० खेलबाट १४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ।

प्रकाशित: ६ वैशाख २०८० १२:४२ बुधबार

ए डिभिजन लिग मछिन्द्र एपिएफ