खेल

१६ वर्षपछि मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार लिगको दोस्रो लेगमा नापोली र मिलान डियागो अर्मान्डो रंगशालामा १–१ को बराबरीमा रोकिएका थिए । तर, पहिलो लेगमा मिलानले आफ्नो मैदानमा १–० को जित निकालेपछि समग्रममा २–१ को जितसहित अन्तिम चारमा स्थान पक्का गरेको हो।

सन् २००६–०७ को सिजनमा च्याम्पियन बनेयता मिलानले सात सिजन च्याम्पियन्स लिग खेलेपनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन। मिलान पछिल्लोपटक २०११–१२ मा क्वाटरफाइनलमा पुगेको थियो।  

नापोलीको मैदानमा मिलानले २२ औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफको सुरुआतमै घरेलु टिमविरुद्ध अग्रताको मौका गुमाएको थियो। मिलानका ओलिभर जिरुडको प्रहारले असफल भएको थियो। तर, ४३औं मिनेटमा जिरुडले नै गोल गर्दै मिलानलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए।

नापोलीले पनि दोस्रो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन। नापोलीका खभिचा कभारात्स्केलियाले ८२औँ मिनेटमा बराबरीको सुनौलो मौका खेर फालेका थिए। खेलको इन्जुरी समयमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई खेलमा फर्काएका थिए।

प्रकाशित: ६ वैशाख २०८० ०३:०७ बुधबार

नेपोली च्याम्पियन्स लिग एसी मिलान