खेल

सद्भाव र सञ्जयको अग्रता

सद्भाव आचार्य

एमेच्योर गल्फर सद्भाव आचार्य र प्रोफेसनल गल्फर सञ्जय लामाले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार अग्रता बनाएका छन् ।

पार-७२ को गोकर्ण गल्फ क्लबमा युवा गल्फर सद्भाव र सञ्जयले ३६ होलको समाप्तिमा समान आठ अन्डर १ सय ३६ स्कोर कार्डसहित अग्रता बनाएका हुन्। दोस्रो दिन सद्भावले ६ अन्डर ६६ स्कोर जोड्दा सञ्जयले दुई अन्डर ७० को प्रदर्शन गरे।

यी दुईले डिफेन्डिङ च्याम्पियन तथा शीर्ष एमेच्योर गल्फर सुवास तामाङमाथि एक स्ट्रोकको अग्रता लिएका छन्। यो प्रतिस्पर्धा सूर्य नेपाल गल्फ टुर २०२२/०२३ को सातौं प्रतिस्पर्धा हो। जहाँ सुवासले दुई दिनको खेल सकिँदा सात अन्डर १ सय ३७ स्कोर कार्ड बटुले।

एमेच्योर गल्फर सद्भाव आचार्य र प्रोफेसनल गल्फर सञ्जय लामाले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार अग्रता बनाएका छन् ।

मंगलबार बोगीरहित प्रदर्शन गर्दै उनले पाँच अन्डर ६७ को कार्ड बनाए। नीरज तामाङ चौथो स्थानमा उक्लिँदा रवि खड्का पाँचौं स्थानमा झरे। दोस्रो दिन चार अन्डर ६८ को प्रदर्शन गरेका नीरज कुलमा तीन अन्डर १ सय ४१ मा रहे।

यता, रविले भने एक ओभर ७३ को खराब प्रदर्शन गरेपछि नीरजभन्दा पछि परेका हुन्। उनी कुलमा दुई अन्डर १ सय ४२ को कार्डमा छन्। भुवन नगरकोटीले पनि सुधारिएको प्रदर्शन गर्दै चार अन्डर ६८ मा खेले।

यससँगै उनी कुलमा एक अन्डर १ सय ४३ को स्कोर कार्डमा छन्। कमल तामाङ सातौं स्थानमा रहँदा भूबहादुर गुरुङ आठौं स्थानमा झरे। कमल कुलमा इभन पार १ सय ४४ मा छन् भने भूबहादुर समग्रमा एक ओभर १ सय ४५ मा रहे। रमेश अधिकारी र तोरनविक्रम शाही संयुक्त रूपमा नवौं स्थानमा छन्।

यी दुई कुलमा दुई ओभर १ सय ४६ को स्कोर कार्डमा छन्। मंगलबार ३६ होलको समाप्तिमा २१ प्रो र आठ एमेच्योर खेलाडीले कट (१४ ओभर १ सय ५८ स्कोर गर्ने) बनाएका छन्। 

यससँगै उनी कुलमा एक अन्डर १ सय ४३ को स्कोर कार्डमा छन्। कमल तामाङ सातौं स्थानमा रहँदा भूबहादुर गुरुङ आठौं स्थानमा झरे।

प्रोतर्फ दिनेश प्रजापति, राजेन्द्र श्रेष्ठ प्रधान, शिवराम पौडेल, सूर्यप्रसाद शर्मा, जयराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बलभद्र राई, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, टंकबहादुर कार्की, रामे मगर, धनबहादुर थापा र दीपक मगरले कट बनाए।

एमेच्योरतर्फ सहभागी ९ मध्ये आठ खेलाडीले कट बनाएका छन्। एमेच्योर गल्फर सुवास र सद्भावसहित विजय श्रेष्ठ इनहास, सुरेश तामाङ, वाङ्चेन ढोन्डुप, टासी छिरिङ, युवराज भुजेल र भरत थापामगरले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गरेका छन्।  

प्रकाशित: ६ वैशाख २०८० ०१:२६ बुधबार

एमेच्योर गल्फर सद्भाव आचार्य प्रोफेसनल गल्फर सञ्जय लामा सद्भाव र सञ्जयको अग्रता