खेल

ए डिभिजन लिग :आर्मीले मनाङलाई हरायो

सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ।

दशरथ रंगशालामा आज भएको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई  १ -० गोलले हराएको हो।आर्मीलाई जिताउन ७५औं मिनेटमा सुदिल राईले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

मनाङ लिगमा लगातार तेस्रो हार बेहोर्दै अंक तालिकाको पाँचौ स्थानमा झरेको छ।आर्मी र मनाङसहित पाँच टोलीको समान १५/१५ अंक हुँदा एक अर्काबीच हेड टु हेडको आधारमा स्थान निर्धारण भएको हो।जावलाखेल र सातदोबाटो समान १७ अंकका साथ क्रमश शीर्ष दुई स्थानमा छन् ।

प्रकाशित: ५ वैशाख २०८० १५:२१ मंगलबार

मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिग त्रिभुवन आर्मी क्लब