एसिसी प्रिमियर लिगमा नेपालले विजयी शुरुवात गरेको छ।आज काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदान भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।
जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य सहज रुपमा पुरा गर्यो । नेपालका लागि भीम सार्कीले ९८ बलमा ५ चौक्कासंगै सबैभन्दा वढि ७१ रन बनाए । त्यसैगरी कुसल मल्लले ४० बलमा ५ चौक्का र ५ छक्कासंगै ७० रन बनाए ।
नेपालका कप्तान रोहित पौडेल ४३बलमा ५चौकासहित ४२ रन बनाएर आउट भएका छन। त्यसैगरी कुसल भुर्तेल ३१ बलमा ५ चौका २ छक्कासहित ३८ रन बनाएर आउट भएका छन। यसअघि नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो।
त्यसअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए। त्यसैगरी ललितनारायण राजबंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।
प्रकाशित: ५ वैशाख २०८० १०:१६ मंगलबार