खेल

एसिसी प्रिमियर कप : सिंगापुरलाई हङकङले हरायाे

एसिसी प्रिमियर कप अन्र्तगतको  खेलमा सिंगापुरलाई हङकङले हराएको छ।  

काठमाडौको मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा सिंगापुरलाई हङकङले ८ विकेटबाट हराएको हो।  

यस टस हारेर पहिला ब्याटिङ गरेको सिगापुरले ४२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमायो। जवाफमा हङकङले  ३३ ओभरमा २ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो।

यस अघि सिंगापुरका लागि कप्तान अरित्र दत्तले सबै भन्दा वढि ४९ रन बनाए।आरेन मोदीले २१ तथा रमेश कालीमुथुले १८ रन बनाए।हङकङका लागि इसान खान एक्लैले १० ओभरमा ३ मेडन ओभर फालेर २४ रन खर्चिँदै  महत्त्वपूर्ण ४ विकेट लिए।त्यसैगरी  असिम मुर्ताजाले  १० ओभरमा  १ मेडन ओभर सहित २५ रन दिएर ३ विकेट लिए।त्यसैगरी आयुश शुक्ला , मोहमद गन्जाफार र अजाज खानले एक एक विकेट लिए।

हङकङका लागि बाबर हायातले  ९४ बलमा १० चौक्का र ६ छक्का सहित नटआउट १०८ रनको सतकिय पालि खेले । त्यसैगरी कप्तान जिजाकात खानले  ८९ बलमा ३ चौक्का र १ छक्का सहित ५१ रन बनाए।सिंगापुरका लागि रमेश कालीमुथु र अरित्र दत्तले एक एक विकेट लिए। 

प्रकाशित: ५ वैशाख २०८० ०९:४७ मंगलबार

एसिसी प्रिमियर कप