खेल

आईपीएल : लखनउमाथि पन्जाबको रोमान्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउलाई हराउन सफल भएको छ।  तेस्रो जित निकालेको छ।

गएराती भरत रत्न श्री अटल बिहारी क्रिकेट मैदानमा भएको खेलमा  लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो।

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो।

पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो।लखनउका लागि कप्तान केएल राहुलले सबै भन्दा वढि ७४ रन बनाए।  केली मेयर्सले २९ रन , कुर्नाल पान्डयाले १८ तथा मार्कुस स्टोनिसले १५ रन बनाए पन्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए।

जवाफमा पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो।पन्जाबको लागि सिकन्दर राजाले ५७ रन,माथ्यु सर्ट ३४ रनमा  हर्पित सिंह २२ रनमा तथा  शाहरुख खान २३ रनमा रनको योगदान दिए। लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२विकेट लिए।

जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ। पन्जाब चौंथो स्थानमा उक्लिएको छ।लखनउ ६ अंक नै जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: ३ वैशाख २०८० ०२:१६ आइतबार

पन्जाब आईपीएल लखनउ