खेल

एपीएफ र प्रहरी राष्ट्रिय भलिबलको फाइनलमा

विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्‍ यो। लगातार दुई सेट आफ्नो पक्षमा पारेको आर्मीले २५–२३ र २५–१२ को प्रदर्शन गर्‍ यो। एपीएफले तेश्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै खेललाई २–२ को बराबरीमा पुर्‍ याएको थियो। पाँचौं तथा निर्णायक सेट १५–१० ले कब्जा गर्दै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्‍ यो।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा प्रहरीले गण्डकीलाई २५–२२, २५–२० र २५–२१ ले हराउदै एपीएफसंग उपाधि भिडन्त पक्का गर्‍ यो। फाइनल शनिबार हुनेछ।

विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। सन्त्वना पुरस्कार स्वरुप ५० हजार रुपियाँ प्रदान गरिने छ। विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रकाशित: १ वैशाख २०८० १२:५१ शुक्रबार

प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल