खेल

सन्दीपविरुद्धको मुद्दामा डाक्टर र साहब आलमको बकपत्र लिन आदेश

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना व्यक्तिका बकपत्र लिन आदेश दिएको हो।

अदालतले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको छ।

लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएका थिए। सोही अनुसार दुई जना व्यक्तिका बकपत्र लिन आदेश दिएको बताइएको छ।

आजको सुनवाइ यत्तिमै सकिएको छ। अर्को पेशी भने तोकिएको छैन।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रकाशित: २६ चैत्र २०७९ १०:०१ आइतबार

सन्दीप लामिछाने