खेल

पहिलो हाफमै माल्दिभ्सविरुद्ध सावित्राको ह्याट्रिक

काठमाडौं- भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपमा अहिले नेपालले माल्दिभ्ससँग खेलिरहेको छ। पहिलो हाफको समाप्तिमा नेपालले माल्दिभ्सलाई ३-० गोलले अग्रता लिएको छ। नेपालका लागि सावत्रा भण्डारीले तीनवटै गोल गरेकी हुन्। 

नेपालका लागि सावित्राले १२औं मिनेटमा पहिलो गोल गरिन्। दोस्रो गोल २८‍‍औं मिनेटमा गरेकी उनले ३९औं मिनेटमा ह्याट्रिक पूरा गरिन्।

उनले पहिलो खेलमा पनि दोहोरो भुटानविरुद्ध दोहोरो ह्याट्रिक गरेकी थिइन्। उक्त खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको थियो।

प्रकाशित: १३ पुस २०७३ १२:४९ बुधबार

पहिलो हाफमै माल्दिभ्सविरुद्ध सावित्राको ह्याट्रिक