खेल

भलिबलमा नेपाली सेना र सशस्त्र प्रहरीलाई स्वर्ण

सुनसरी- सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भएको भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ। 

पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। 

पुरुषतर्फ नेपाली सेनाले सशस्त्र प्रहरीलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–२१, २५–२१ र २५–२२ अङ्कले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। रासस 

प्रकाशित: १३ पुस २०७३ ११:४० बुधबार

भलिबलमा नेपाली सेना सशस्त्र प्रहरीलाई स्वर्ण