खेल

समय अभावले सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ

फाइल तस्बिर

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको आज सुनुवाइ  हुन सकेन। इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको थियो ।

पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे शर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए। उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो।

प्रकाशित: २२ चैत्र २०७९ ११:०३ बुधबार