खेल

श्रीलंकाविरुद्ध सनसनीपूर्ण प्रदर्शन

काठमाडौं- शतकलाई१० रन टाढा रहेका दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरको तेस्रो बलमा विकेट गुमाए पनि नेपाल एसिसी यु–१९ एसिया कप क्रिकेटमा बिहीबार आयोजक श्रीलंकासँग १ रनले पराजित भएको छ। अन्तिम ओभरमा नेपालमा जित पाउन ८ रनआवश्यक थियो।

क्रिजमा दीपेन्द्र ८४ र नन्दन यादव शून्यमा खेलिरहेका थिए।घरेलु टोली श्रीलंका भने अन्तिम विकेटको पर्खाइमा थियो। घरेलु टोलीकाप्रवीण जयविक्रमाको पहिलो बल डट खेलेका दीपेन्द्रले दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्‍याए। नेपाललाई अब ४ बलमा २ रन आवश्यक भयो। तर प्रवीणको तेस्रो बलमा दीपेन्द्र एलबिडब्लु आउट भएपछि नेपाल जितबाट वञ्चित हुनुपर्‍यो। म्यान अफ दी म्याच रहेका दीपेन्द्रले ९९ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कोलम्बोस्थित ननडिस्त्रि्कप्ट्स क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङ निम्त्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय २७ रन बनाएको थियो। २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकीमा सबै विकेट गुमायो।

ओपनर सन्दीप सुनार (२) र आसिफ शेख (१) छिट्टै आउट भएपछि आदिल खानले नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। अर्को इन्डबाट भीम सार्की (८) ले पनि छिट्टै विकेट गुमाएपछि नेपाल थप दबाबमा परेको थियो। त्यति बेला नेपाल ३२–३ को स्थितिमा थियो।

त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रले दबाब चिर्दै नेपालको इनिङ उकासेका थिए। उनले आदिलसँग चौथो विकेटमा४५ रनको साझेदारी गरे। २१औं ओभर लिएर आएका कामिन्दु मेन्डिसको तेस्रो बलमा आदिल (३९) एलबिडब्लु आउट भएपछि दीपेन्द्रको काँधमा थप जिम्मेवारी थपियो।६९ बल खेलेकाआदिलले ४ चौका र १ छक्का प्रहार गरे।

सम्हालिएर ब्याटिङ गरेका दीपेन्द्रले प्रकाश केसीसँग पाँचौं विकेटमा ३५रनको साझेदारी गरे। २३ बलमा १चौका र १ छक्कासहित१४ रन बनाएका प्रकाश असेन बन्दराको बलमा एलबिडब्लु आउट भए। त्यसपछि दीपेन्द्र र अविनाश कर्णले छैटौं विकेटमा  ८४ रनको महŒवपूर्ण साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याएका थिए।

४० रन जोडेका अविनाश ४४.४ ओभर चल्दा मेन्डिसको बलमा बन्दराबाट क्याचआउट भए। अविनाश आउट हुँदा नेपाललाई ५२ बलमा जित पाउन ३१ रन चाहिन्थ्यो।अविनाशले ३ चौका र १ छक्कासहित ४० रन जोडेका थिए। तर, थप २४ रन जोड्दा नेपालले ३ विकेट गुमायो। महŒवपूर्ण ४९ औं ओभरमा कमलसिंह ऐरी (९) र कप्तान सन्दीप लामिछाने (०) रनआउट भएपछि नेपालमाथि दबाब परेको थियो। म्यान अफ दी म्याच दीपेन्द्रले अन्तिम ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै टोलीलाई जित नजिक पुर्‍याए पनि हार टार्न सकेनन्।

श्रीलंकाका मेन्डिसले ३ विकेट लिए भने बन्दरा, जयविक्रमा, जेहन डानियल, निपुन रनसिका र दिलसान गमेजले १–१ विकेट लिए।

त्यसअघि श्रीलंकाका लागि हसिथ बोयागोडाले १२ चौकासहित सबैभन्दा धेरै ८३ रन बनाए। बन्दराले अविजित ४८ र क्रिसन अराच्चिगेले २८ रन बनाए। रविन केलीले १९, लासिथ क्रसपुलेले १३ तथा डानियल र मेन्डिसले समान ११ रन बटुले।

पहिलो बलमै विकेट लिएका भीष्भ चथुरंगाको विकेट लिएका कमलसिंहले ३ विकेट र पवन सर्राफले २ विकेट लिए। दीपेन्द्रले १ विकेट आफ्नो नाममा लेखाए। कप्तान सन्दीपले भने विकेट लिन सकेनन्। १० ओभर बलिङ गरेका सन्दीपले ४२ रन दिएका थिए।

समूह ‘ए’ नेपाल तेस्रो स्थानमा छ। ४ अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ भने मलेसियालाई २ सय ३५ रनले पराजित गरेको साबिक विजेता भारत ५ अंकसाथ शीर्षमा छ। नेपालले शुक्रबार भारतविरुद्ध खेल्नेछ।

समूह ‘बी’ मा पाकिस्तान ५ अंकसाथ शीर्ष स्थानमा छ। बंगलादेश ४ अंक लिएर दोस्रो स्थानमा छ। गत वर्षको उपविजेता पाकिस्तानले सिंगापुरलाई ९ विकेट र बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले हराएका थिए।

प्रकाशित: १ पुस २०७३ ०३:२७ शुक्रबार

श्रीलंकाविरुद्ध सनसनीपूर्ण प्रदर्शन