खेल

आयोजक श्रीलंकाद्वारा नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- एसीसी यु-१९ एसिया कपको पहिलो खेलमा आयोजक श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो। श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए। 

नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ र दिपेन्द्र सिं ऐरीले १ विकेट लिए।

प्रकाशित: ३० मंसिर २०७३ ०७:५५ बिहीबार

आयोजक श्रीलंकाद्वारा नेपालसामु २८ रनको लक्ष्य प्रस्तुत