खेल

साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल:नेपाल र बंगलादेश भिड्दै

तस्विर: अखिल नेपाल फुटबल संघ एन्फा

साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामनागर्न लागेको हो। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ।

नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ।नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ। नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो। नेपालले दोस्रोखेलमा भूटानलाई हराएको थियो। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: १४ चैत्र २०७९ ०४:०६ मंगलबार