खेल

गण्डकी प्रदेशमै पहिलोपटक रोड रेसिङ च्याम्पियनसिप

लामा बने च्याम्पियन

पोखरा रंगशालामा पहिलो पटक आयोजित बाईक रोड रेसिङमा आशिक लामा च्याम्पियन बनेका छन्। गण्डकी प्रदेशमै पहिलो पटक आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो भए।  

पोखरा रंगशालाभित्रको सडकमा गरिएको प्रतिस्पर्धा अन्तर्गत नोभिस विधामा भने निमेश ठकुरी पहिलो बने। दिलिप दनुवार दोश्रो हुँदा मङगेष जोशी तेश्रो भएका छन्। नोभिस र नेश्नल गरी दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङ गरिएको थियो।  

नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा नोभिस तर्फ ४७ जना प्रतिस्पर्धी थिए भने नेश्नल तर्फ  १८ राइडर्सले सहभागिता जनाएका थिए। विजेताले ७७ हजार, उपविजेताले ५५ हजार र तेस्रोले ४४ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो।  

यमाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई गण्डकी प्रदेश सदस्य तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ, निवर्तमान राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, र पोखरा महानगर खेलकुद विकास समितिका दिपकबहादुर गोदार पुरस्कारले वितरण गरे। विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो।  

प्रकाशित: १३ चैत्र २०७९ ०८:०२ सोमबार

गण्डकी प्रदेश रोड रेसिङ च्याम्पियनसिप