खेल

कमजोर टोली माथि रहेको माउरिन्होको दावी

लन्डन- म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मोउरिन्होले कमजोर सोचेको टोली प्रिमियर लिगमा माथि पुग्नुलाई असहज रुपमा लिएका छन्। १४ खेलमा ६ बराबरी नतिजा निकालेको माउरिन्होको युनाइटेड प्रिमियर लिग अंकतालिकाको छैटौं स्थानमा छ। टोलीले आइतबार पाँचौं स्थानको टोटेनह्यामसँग खेल्दैछ। जवकि माउरिन्होको पूर्व क्लब चेल्सी भने शीर्ष स्थानमा छ। युनाइटेड १४ खेलमा २१ अंकमा सिमित हुँदा चेल्सीले ३४ अंक जोडिसकेको छ।

‘मैले यसलाई स्वभाविक मान्न सकेको छैन,’ युनाइटेडका प्रशिक्षकले भने, ‘मेरो विचारमा हाम्रो खातामा अहिले भएभन्दा धेरै बढि अंक हुनुपर्थ्यो। अंकतालिका हेर्दा अरु टिमहरु हामीभन्दा धेरै राम्रा छन् भन्ने देखाउँछ, जुन साँचो होइन।'

'हामी जित्नै पर्ने धेरै खेलमा बराबरीमा रोकिएका छौं। ती बराबरीलाई जितमा परिणत गर्न सकेको भए हामी शीर्ष स्थान नजिक हुने थियौ। म थोरै निराश छु, किनभने प्रिमियर लिग अंकतालिकामा हामी भन्दा कमजोर टिम माथी छन्,’ उनले थपे।

चेल्सीको प्रशिक्षकका रुपमा दुई कार्यकालसम्म नेतृत्व गर्दा तीन पटक प्रिमियर लिगको उपाधि जितेका माउरिन्होको नेतृत्वमा पोर्चुगलको एफसी पोर्टोले २००४ तथा इटालीको इन्टर मिलानले २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

'हामी विपक्षीको गल्ती कुरेर त्यसको पा्कइदा उठाउने टोली होइनांै,’ माउरिन्होले भने, ‘टिमलाई व्यवहारिक रुपमा कसरी अगाडी लान  सकिन्छ भन्ने ज्ञान मसँग छ। मैले पहिला पनि यो प्रमाणित गरिसकेको छु। युनाइटेडका समर्थक र मालिकहरुले चाहेको त्यो मात्र होइन। त्यसैले हामी यसपाली फरक तरिकाले जादैछांै,' उनले भने, 'म फरक खालका नतिजासंग अभ्यस्त भइसकेको छु। मैले फरक स्तरका टिम पनि सम्हालेको छु। हामीले बल पोसेसनमा विपक्षी भन्दा पछि रहे पनि एक गोल गर्दै धेरैे खेल जितेका छौ।’

प्रकाशित: २६ मंसिर २०७३ ०३:०० आइतबार

कमजोर टोली माथि रहेको माउरिन्होको दावी