खेल

पोखराका केसी बने ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’

एनएफबीएफ सिटी जिम दोस्रो मिष्टर पोखराको उपाधि निश्चल केसीले जितेका छन्। ७५ केजी तौल समूहमा विजेता भएको उनले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच प्रतिस्पर्धीलाई पन्छाउँदै दोस्रो मिष्टर पोखरा बन्न सफल भएका हुन्।  

कास्की बडिल्डिङ तथा फिटनेस एशोसिएसनको आयोजनामा पोखराको सभागृह हलमा भएको प्रतियोगितामा पोखरा २ मिरुवास्थित मोन्ष्टर जिमका केसी च्याम्पियन बन्दै नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे। उनले आफनो तौल समूहमा समेत प्रथम हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका थिए।  

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका शारीरिक सुगठनका खेलाडीहरुको प्रतिस्पर्धा रहेको प्रतियोगिताको ५५ केजी तौल समूहमा अमित रोका क्षेत्री प्रथम, रोहित श्रेष्ठ दोस्रो र आकाश गुरुङ तेस्रो भएका थिए। त्यसैगरी ६० केजी तौल समूहको प्रतिस्पर्धामा सुनिल आले प्रथम हुदैं ओभरअल प्रतिस्पर्धामा उक्लिए। जलबहादुर क्षत्री दोस्रो र सामुअल गुरुङ तेस्रो भएका थिए।

६५ केजी तौल समूहमा नवराज डुम्रे प्रथम भए। त्यस्तै कपिल घलान दोस्रो र भानुभक्त कटरिया तेस्रो भए। ७० केजी तौल समूहमा यमन्तराज गुरुङ, सन्जीब पुन र गौतम राना क्रमश प्रथम, दोस्रो र तेस्रो भए। ७५ केजी तौल समूहमा निश्चल केसी प्रथम, सुरज विक दोस्रो र कृष्ण भण्डारी तेस्रो भएका थिए। त्यसैगरी ७५ केजी माथिको तौल समूहको प्रतिस्पर्धामा सन्तोष श्रेष्ठ प्रथम, कुशलप्रसाद गुरुङ दोस्रो र दिनेश थापा तेस्रो भए। तौल समूह अन्गर्तत प्रथम, दोस्रो र तेस्रोले क्रमश २०, १२ र ७ हजार रुपैयाँ प्राप्त गरे।  

मेन्स फिजिक्स १७० सेमी प्लस तर्फको प्रतिस्पर्धामा सिजन गुरुङ च्याम्पियन बने। सविन गुरुङ दोस्रो र विभान गौतम तेस्रो भए। त्यस्तै मेन्स फिजिक्स १७० सेमी मुनिको प्रतिस्पर्धामा सुमित सेन ठकुरी च्याम्पियन बन्दा सुरेश गुरुङ दोस्रो र अनिल गुरुङ तेस्रो भए। प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश २५, १२ र ७ हजार रुपैयाँ नगद प्राप्त गरे।

महिला तर्फको वुमन्स वेलनेस प्रतिस्पर्धामा विनु जिटी प्रथम हुदाँ सुर्खेतकी रविना कुँवर दोस्रो बनिन्। उनीहरुले क्रमश २५ र १२ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा चार प्रदेशका गरी ६५ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेको एशोसियसनका उपाध्यक्ष दिपक बास्तोलाले जानकारी दिए। प्रतियोगितालाई सिटी जिम पोखराले मुख्य प्रायोजन गरेको थियो। 

प्रकाशित: ११ चैत्र २०७९ १०:४१ शनिबार

एनएफबीएफ दोस्रो मिष्टर पोखरा