खेल

इंग्ल्याण्डको द हन्ड्रेडमा नेपालका सन्दीप र अर्जुनमाथि बोली लागेन

इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा  नेपाली क्रिकेटर सन्दीप लामिछाने र अर्जुन साउद माथि कसैले बोली नलगाए पछि छनौट हुन असफल भएका छन्।

गएराती भएको तेस्रो संस्करणका लागि प्रतियोगिताको ड्राफ्टमा नेपालबाट यी दुई खेलाडी समावेश भए पनि कुनै पनि टिमले बोली लगाएनन्।

नेपाली टोलीका पूर्वकप्तान लेग स्पीनर सन्दीप लामिछाने यसअघि सन् २०२१ मा आयोजित पहिलो संस्करणको प्रतियोगिताका लागि ओभल इन्भिन्सबलमा अनुबन्धित भएका थिए।

सन्दीपले इण्डियन प्रिमियर लिग, अस्ट्रेलियाको बिगबास लिग ,क्यारेवियन लिग , पाकिस्तानी लिग, श्रीलंकन लिग आदिमा आफ्नो प्रतिभा देखाईसकेका छन्।

प्रकाशित: १० चैत्र २०७९ ०८:३८ शुक्रबार