खेल

भारतविरुद्धको एक दिवसीय खेलमा अस्ट्रेलियाले २६९ रन बनायो

भारतविरुद्धको तेश्रो  एक दिवसीय खेलमा अस्ट्रेलियाले २६९ रन बनाएको छ ।  

भारतको चेन्नईमा जारी यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिला व्याटिङ गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर २६९ रन बनाएको हो । अस्ट्रेलियाका लागि सबै भन्दा वढि मिचेल  मार्सले ४७ रन बनाए । एलेक्स केरेले ३८ तथा ट्राभिज हेड ले ३३ रन बनाए ।भारतका लागि हार्दिक पाण्डे र कुलदिप यादवले तीन तीन विकेट लिए। त्यसैगरी अक्षर पटेल मोहमद सिराजले दुई दुई विकेट लिए। ताजास्थीतीमा भारतले  १३ ओभरमा दुई विकेट गुमाएर ८० रन बनाएको छ । भारतका लागि शुरुवाती व्याट्सम्यानले कप्तान रोहित शर्मा ३० रन बनाए आउट भए  । शुभमान गिल ३७ रनमा आउट भए । अस्ट्रेलियाका अडम जाम्पा र सिम एडबोटले एक एक विकेट लिए ।

दिवा रात्री मा हुने यो  श्रृखलाको अन्तिम तथा तेश्रो खेल हो।यस अघि भएका दुई खेलमा दुवै टोलीले एक एक खेल जितेर बराबरीमा रहेको छ। भारतले पहिलो खेलमा भ्रमणकारी टोलीलाई ५ विकेटले हराएको थियो।त्यसैरी दोश्रो खेलमा अस्ट्रेलियाले घरेलु टोलीलाई १० विकेटबाट हराएको थियो। अन्तिम खेल आफ्नो पक्षमा पारेर श्रृखला जित्ने पक्षमा दुवै टोली छन। 

प्रकाशित: ८ चैत्र २०७९ १३:४१ बुधबार