खेल

अभिषेक एक्लैको दस गोल

काठमाडौं- सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिगमा सोमबार कुमारी र बानेश्वर रिक्रेसनल सेन्टर विजयी भएका छन्। कुमारीले समूह 'ए' मा बिजी ब्रदर्शलाई १५–२ ले पराजित गर्‍यो। यो लिगकै फराकिलो गोल अन्तर हो। कुमारीका अविशेक रिजालले १० गोल गर्दै कीर्तिमान बनाए। दिकेश खड्गीले ३, रुपेश क्षेत्री र सुभेत लामाले १–१ गोल गरे।

ब्रदर्शबाट नारायाण सम्बाहाम्फेले दुई गोल गरे। अभिषेक म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

कुमारी फुटसल २६ अंकसाथ दोस्रो स्थानमा उक्लिएको छ। ब्रदर्श १९ अंकसहित सातौं स्थानमा छ। समूहमा २८ अंकसहित शंखमूल फुटसल शीर्ष स्थानमा छ। २२ अंक बटुलेकोे ताहाचल तेस्रो स्थानमा छन्।

खेलमा बानेश्वरले चउर रिक्रिएसन सेन्टरलाई ८–२ ले हरायो। बानेश्वरको जितमा दीपु लामाले ह्याटि्रक गरे। पूर्णबहादुर केसीले २, कर्फ्यू रसाइली र मनीष रानाले १–१ गोल गरे। बानेश्वरका पूर्ण म्यान अफ दी म्याच भए। चउरका संजोग महर्जनले  २ गोल फर्काए।

बानेश्वर समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ। टोलीले १२ खेलबाट २ अंक जोडेको छ। हारपछि चउर ७ अंकसहित आठौं स्थानमा छ।

प्रकाशित: २१ मंसिर २०७३ ०४:०६ मंगलबार

अभिषेक एक्लैको गोल